आयुशमान जुनियर टेनिस क्वाटरफाइनलमा



काठमाडौँ । आयुशमान घले प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ ।

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा आज भएको खेलमा घलेले श्रेयस पौडेललाई ६–२ र ६–१ अङ्कको सोझो सेटमा पराजित गर्नुभएको हो । सोही स्पर्धाको गल्र्स एकलतर्फ शुभाङ्गीलक्ष्मी शाहले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ अङ्कले पराजित गर्नुभयो । यस्तै गल्स एकलतर्फ नै निमिशा ढकालले अजा रेग्मीलाई ६–१ र ६–४ अङ्कले, सर्वानी श्रेष्ठले आइशा गुरुङलाई ६–३ र ६–२ अङ्कले तथा आद्या पौडेलले इभा अधिकारीलाई ६–२ र ६–४ अङ्कले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्नुभयो ।

यसैगरी यु–१४ गल्र्स एकलतर्फ प्रशंसा मोक्तानले कृषा अधिकारीलाई ६–२ र ६–३ अङ्कले, इभा अधिकारीले समृद्धि महर्जनलाई ५–७, ६–२ र ७–५ अङ्कले, सुनिरा थापाले शैभी ढकाललाई ६–१ र ६–० अङ्कले तथा जेनी खड्काले आद्या पौडेललाई ६–३ र ६–१ अङ्कको सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभयो ।

यस्तै यु–१२ ब्वाइज एकलतर्फ अविर श्रीवास्तवले योगेश ज्ञवालीलाई ६–२ र ६–३ अङ्कले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्नुभयो । ललितपुरको धापाखेलस्थित कोर्टमा आइतबारदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका १२९ खेलाडीको सहभागिता रहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्