नेकपा विभाजन नभई षडयन्त्रकारी तत्व चोइटिएर गएका हुन् : महासचिव पौडेल



यमलाल भुसाल, बुटवल ।

नेकपाका महासचिव विष्णु पौडेल नेकपा विभाजन नभई षडयन्त्रकारी स्वार्थी तत्व चुईटीएर गएको आरोप लगाउनु भयो ।

उहाँले मुलुक भर भएका विशाल सभामा सहभागिता हुने विसाल जनसागरले पार्टीको अवस्थाको पुष्टि गरेको दावि गर्नु भयो । महासचिव पौडेलले प्रतिपक्षले विरोध गर्न नसकको अवस्थामा पार्टी भित्रका षडयन्त्रकारी स्वार्थी तत्वले पार्टीको र मुलुकको सत्ता कब्जा गर्न खोज्नेहरु चुईटीएको दावि गर्नु भयो ।

सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिवार बुटवलमा आयोजना गरेको शक्ति प्रदशन सभामा वोल्दै उहाँले सडकमा गएका सार्थीहरुलाई कम्युष्टि आन्दोलन र राष्ट्रका जनताको भावनालाई सिरोधार्य गर्न केपी ओलीको नेकपाले अगाडी सारेको विचारले मात्र बैधानिकता पाउने धारणा राख्नु भयो ।

पार्टीको बैधानिकता र चुनाव चिन्ह ओलीले नेतृत्व गरेको नेकपाले नै पाउने स्पष्ट पार्नु भयो । बैशाखको चुनाव दुनियाका कुनै तागतले रोक्न नसक्ने चेतावनी समेत उहाँले दिनु भयो । लुम्बिनी प्रदेशमा गएको निर्वाचनमा हारेका स्थानमा समेत अवको निर्वाचनमा नेकपाले विजयी हासिल गर्ने ठोकुवा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्