थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने : अध्यक्ष दाहाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित जातिको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सक्नेजति उपलब्धि प्राप्त गरेकाले थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने बताउनुभएको छ ।

आदिवासी जनजाति मगर सङ्घको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले कुनै एउटा वर्गको विचारले सम्पूर्णरुपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही नराम्रा पक्ष पनि रहेको बताउनुभयो । उहाँले त्यसलाई जित्ने र हार्नेका बीचको सम्झौताका रुपमा बुझिदिन आग्रह गर्नुभयो ।

नेपालको संविधानले विगतमा भन्दा तुलनात्मकरुपमा स्थानीय तहदेखि केन्द्रसम्मको प्रतिनिधित्व कायम गर्न सक्नु पनि उपलब्धि नै भएको भन्दै त्यस प्रकारको उपलब्धि जोगाउनका लागि अग्रसर हुन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती र नेता शेरबहादुर तामाङलगायतले भेलाको सफलताको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्