झाँक्री निवासमा प्रहरी पुगेसँगै ओलीविरुद्ध चर्को नाराबाजी सुरु



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी उनको निवासमै पुगेको छ ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएसँगै निवास बाहिर ठूलो संख्यामा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले चर्को नाराबाजि सुरु गरेका छन् । कार्यकर्ताले ‘हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’, केपी चोर देश छोडलगायत नारा लगाइरहेका छन् । नाराबाजीसँगै कार्यकर्ता प्रहरीबीच ठेलमठेल चलेको छ ।

प्रतिक्रिया दिनुहोस्