बुधबार थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ३५६७ मा पिसिआर गर्दा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११८ जना निको भएर फर्किएका छन्। देशभर कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ। संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्