ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर अझै सच्चिने मौका छ : प्रचण्ड



न्यूज अफ नेपाल, काठमाडौं ।

नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै सच्चिने मौका रहेको बताएका छन् । बुधबार प्रचण्ड माधव समूहले काठमाडौमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले ओलीलाई राजीनामा दिएर अझै सच्चिने मौका रहेको बताएका छन् । उनले भने, ‘केपी ओलीजी तपाई अझै सच्चिन चाहनुहुन्छ भने राजीनामा दिएर सच्चिनुस् ।’

यस्तै उनले अर्का अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल लगायतका बर्षौदेखि काम गरेका नेताहरुलाई अपहेलना गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्