भारतमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रहरी समेत संलग्न



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतको बिहारमा एक १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यापछि घटनालाई ढाकछोप गर्न प्रहरीको मिलेमतोमा मध्यरातमा जबरजस्ती मृतक बालिकाको शव जलाइएको आफन्तलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

घटनामा प्रहरी अधिकारी संजिव कुमार रन्जनको मिलेमतो देखिएपछि उनलाई निलम्बन गरिएको एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग भनेका छन् । घटनासँग जोडिएको एक अडियोले भाइरल भएपछि घटना ढाकछोपमा प्रहरी समेत संलग्न भएको खुलेको थियो । घटना २१ जनवरीमा भएपनि उजुरी भने फेब्रुअरी २ मा दर्ता गरिएको छ । मृतकको आफन्तले घरधनी सियाराम साहलगाएत ११ जना विरुद्ध उजुरी दर्ता गरेका छन् ।

के थियो भाइरल अडियोमा ?

अडियो बाहिरिएसँगै घटनामा प्रहरीको समेत संलग्नता रहेको खुलेसँगै कुन्डवा चैनपुरका चौकी प्रमुख संजिव कुमार रन्जन निलम्बित भएका छन् । भाइरल भएको उक्त अडियोमा रन्जनले एक अभियुक्त रमेश साहसँग कुराकानि गरेका छन् । अडियोमा रमेशले , ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ ’ भनेका छन् ।

यस्तै, एसपी नवीनचन्द्र झाका अनुसार घटनामा संलग्न दुई जना अभियुक्त पक्राउ परेका छन भने अन्यको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्