जनादेश अमूल्य भएको गुनासो :मानदेव केरूङ



पाँचथर (नेस) ।

सत्तारूढ दल सत्ता र स्वार्थमा लिप्त हुँदा स्थायित्व र समृद्धिको पक्षमा जारी जनादेशको अवमूल्यन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले बताएका छन् ।

‘देशको इतिहासमा यति ठूलो बहुमत हालसम्म कसैले पाएको थिएन । तथापी जनताको चाहनाविपरीत, कुर्सीका लागि राजनीतिक विकासक्रमलाई अध्याँरो सुरूङमा छिराउने प्रयास भयो, जनादेशको मानमर्दन गरियो,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरूङले भन्नुभयो ।

‘त्यसैले राष्ट्रियता र प्रजातन्त्रलाई सुढृद तुल्याउन नयाँ शीराबाट अघि बढ्नु पर्ने अवस्था सिर्जना भएको छ । जनचाहनाबमोजिम अबको विकल्प भनेकै दलभन्दा माथि रहने निष्पक्ष राजसंस्था हो, सबै धर्म, आस्था, परम्परा अटाउने सनातन हिन्दूराष्ट्र हो,’ फिदीम नगरपालिका वडा नं १२, नांगीनमा सम्पन्न पार्टी भेलालाई सम्बोधन गर्दै केरूङले भन्नुभयो ।

सम्बोधनकै क्रममा जिल्ला अध्यक्ष राजकुमार जोशीले राप्रपा अब जनतामाझ क्रियाशील रहने बताए ।‘देशको आवश्यकता, जनताको चाहना पूरा गर्न युवा पुस्तासँग हामी हातेमालो गर्नेछौं । देशव्यापी देखिएको जनलहरअनुरूप देशलाई सही मार्गमा अघि बढाउन राजसंस्था र हिन्दुराष्ट्रको मागलाई निष्कर्षमा पुर्याउनेछौं,’ अध्यक्ष जोशीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्