मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाघरमा लगेर बन्द गर्छौ : गृहमन्त्री थापा



न्युज अफ नेपाल, काठमाडौँ ।

गृहमन्त्री रमबहादुर थापा (बादल) ले मांसहारी आन्दोलन गर्नु अपराध भएको बताउँदै त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाघरमा लगेर बन्द गरिने बताएका छन् । ओली समूहले आज काठमाडौँको दरबारमार्गमा गरेको सभालाई सम्बोधन गर्दे थापाले सो कुरा बताएका हुन् ।

“हाम्रो संविधानले मांसहारी आन्दोलन गर्नेलाई अपराध घोषित गरेको छ। हाम्रो कानुनले त्यसलाई अपराध घोषित गरेको छ”, गृहमन्त्री थापाले भने, “त्यसकारण ती मंसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा लगेर बन्द गरिनेछ।”

राजनीतिक सत्ता र नेतृत्वलाई षडयन्त्रपूर्वक विस्थापित गर्ने कार्य भएका कारण हाल अस्थिरता उत्पन्न भएको बताउँदै थापाले ठीक ढंगले बुझेर मात्र समाधान गर्न सकिने बताएका छन् ।

“राजनीतिको केन्द्रीय प्रश्न भनेको राजनीतक सत्ता हो । आज असाधारण परिस्थिति सिर्जना हुनमा राजनीतिक सत्ता, राजनीतिक नेतृत्वको प्रश्नसँग अभिन्न रुपमा जोडिएको छ। राजनीतिक सत्ता भनेको प्रधानमन्त्री हो । पार्टीको अध्यक्ष र राष्ट्रपति हो,” मन्त्री थापाले भने, “यो अस्थिरता उत्पन्न हुनको पछाडि राजनीतिक सत्ता र नेतृत्वलाई षडयन्त्रपूर्वक विस्थापित गर्ने कार्य भएका कारण उत्पन्न भएको हो। यसलाई ठीक ढंगले बुझेर मात्र अहिलेको अवस्थाको सही समाधान गर्न सकिन्छ।”

प्रतिक्रिया दिनुहोस्