प्राश्नाले ल्याइन् स्वस्थानी भजन



विभिन्न आधुनिक गीतबाट चर्चा कमाउँदै आएकी गायिका प्राश्ना शाक्यले स्वस्थानी भजन सार्वजनिक गरेकी छिन्। स्वस्थानी व्रतकथा सुन्ने र सुनाउने समय पारेर गायिका शाक्यले स्वस्थानी भजन सार्वजनिक गरेकी हुन्। अम्बिका शाक्यको शब्द रहेको भजनमा किरण कँडेलले संगीत भरेका छन्।

भजनमा संगीत संयोजन पनि किरणकै रहेको छ। प्राश्नाको यो भजनमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। भिडियोमा प्राश्ना स्वयंले अभिनय गरेकी छिन्।

गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार, अर्पणा श्रेष्ठलगायतका गायिकाहरु म्युजिक भिडियोमा विशेष भूमिकामा देखिएका छन्। भिडियोलाई उनले आफ्नै युट्युब च्यानल प्राश्ना शाक्य युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्