हुलाकी सडक निर्माणमा ठेकेदारको चरम लापरवाही



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा निर्माणको क्रममा रहेको हुलाकी सडकको ठेकेदारको लापरवाहीले ग्राम्रीण भेगका वासिन्दाले सास्ती खेप्न बाध्य भएका छन् ।

पर्सामा वीरगन्जको पावरहाउस चोकदेखि जिराभवानी गाउपालिकाको सेढवा स्थित चमरी टोल सम्म ३० किलोमिटरको ठेक्का पप्पु कन्ट्रक्सनले र चमरी टोल देखि ठोरीको चौतारा सम्मको ३० किलोमिटर सम्मको ठेक्का कालीका बानियाँ जेभि कन्ट्रक्सनले लिएर हुलाकी सडक निर्माणको काम गरिरहेको छ । अहिले कालिका बानिया जेभि कन्ट्रक्सनले जीराभवानी गाँउपालिकाको वडा नम्बर १ स्थित चमरी देखि लाटोमाइ सम्म निर्माणाधीन हुलाकी सडकमा लापरवाही गरिरहेका कारण समस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

बिजवस्तीमा निर्माणाधीन सडकमा माटो भरेर काम गरिरहेको ठेकेदारले पानी नछर्कदा दिनभरि धुलो उडेर हैरानी खेप्नु परेको स्थानीय केशराज थारुले बताउनुभयो ।

ठेक्का सम्झौतामा उल्लेख भएबमोजिम सडक निर्माणका क्रममा ठेकेदारले बिहान बेलुकी टयाङकरबाट पानी छकएनु पर्नेमा ठेकेदारले त्यसो नगरेका कारण धुलो उडेर स्थानीयवासी हैरान भएको थारुले बताउनुभयो । ठेकेदार कम्पनीका इन्जिनियरसंग यस विषयमा बारम्बार गुनासो गर्दा पनि कुनै चासो नदेखाएको थारुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्