खुसुक्क बिहे गरेका गायक दुर्गेश थापालाई पुत्रलाभ



न्युज अफ नेपाल, काठमाडौं ।

गायक तथा मोडेल दुर्गेश थापालाई पुत्र लाभ भएको छ । आफूलाई पुत्र लाभ भएको कुरा उनले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । उनले ‘नयाँ मान्छेलाइ सुनौलो संसारमा स्वागत छ’ भन्दै फेसबुकमा लेखेका छन् ।

करिब एक बर्षअघि बिवाह बन्धनमा बाँधिएका थापाको बिवाहको चर्चा भएको थिएन । प्रचिन लामासंग उनी एक बर्षअघि नै बिवाह बन्धनमा बाँधिएका थिए । दुर्गेशकी पत्नी प्राचिनले ह्याम्प अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्