हातभरि टाटु सार्वजनिक



-याप गीत मुसेको छोरा (हातभरि टाटु) सार्वजनिक भएको छ। -यापस्टार एल्बममा संगृहित गीतको भिडियो सार्वजनिक भएको हो। नेपाली हिपहप रेकर्डसको प्रस्तुति रहेको गीतमा शब्द, संगीत र -याप साङ्गे तामाङ (यसटी म्यान) को छ। झोले टिमको छायांकन रहेको गीतको भिडियोमा रवी तामाङको सम्पादन, र विविके घतानीको एनिमेसन रहेको छ ।

गीतको भिडियो नेपालमै पहिलो अन्तर्राष्ट्रियस्तरको -याप गीत भएको निर्माण पक्षको दाबी छ। सार्वजनिक -याप गीतको भिडियोले हुलिया हेरेर कसैले कसैलाई मूल्यांकन नगर्नु भन्ने सन्देश दिन खोजेको -यापर साङ्गे तामाङ बताउँछन्। तर, गीतमा -याम्पका नाममा जथाभावी अपाच्य र अहसज शब्दहरु प्रयोग गरिएका छन् ।

झोले टिमकै निर्देशन रहेको गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुशान्त घलान, सृजना तामाङ, भावना बराइली, ऋतु थापा मगर, अञ्जना तामाङ, युनिका तामाङ, विनोद मगरलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्