प्रदर्शनमा सहभागीलाई देउवाको बधाई



काठमाडौं, (नेस)

देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा भएको विरोध प्रदर्शनमा सहभागी भएका सबैलाई नेपाली कांग्रेसले बधाई ज्ञापन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– ‘गाउँ÷नगर वडा कार्यसमितिका साथीहरूसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नुहुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु ।’

केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध देशव्यापीरूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले पुस १३, पुस २५ र माघ ३ को प्रदर्शनमाझैं स्वतस्फूर्तरुपमा सक्रिय भूमिका निर्वाह गर्ने युवालाई विशेष बधाई ज्ञापन गर्नुभएको छ । उहाँले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउने पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्