रजनीले प्राप्त गरेको मतले मनोहरा जेसिसले सगरमाथाको उचाई बनाएको छ : अध्यक्ष खनाल



भूपराज बस्याल, काठमाडौं ।

मनोहरा जेसीजको ५ औं पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार काठमाडौं मुलपानीमा कार्यक्रम सम्पन्न भएको हो । मनोहरा जेसीजले वर्ष २०२१ का लागि सागर रोक्कालाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

वर्ष २०२१ का लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख अतिथ्यमा सम्पन्न पदस्थापना कार्यक्रममा निर्वाचित अध्यक्ष रोक्कालाई वर्ष २०२० का अध्यक्ष निशान्त गौतमले चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।

यसैगरी अध्यक्ष सागर रोक्काले वर्ष २०२१ का लागि मनोनित गर्नु भएका सदस्य र निर्वाचित सदस्यहरुलाई सामुहिक सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा बागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको विशेष आतिथ्यता रहेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, नेशनल पाष्ट प्रेसिडेण्ट राजेश न्याचु त्यस्तै निशान्त गौतम, गौतम शाह, रामचन्द्र गौतम, जगतराज ढुंगाना, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेल, लायन कुमारराज सुवेदी, नेपाल तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजीत खड्का, कागेश्वरी मनोहरा नगरपालिकाका मेयरका उम्मेदवार उपेन्द्र कार्की लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले टिममा मिलेर नेतृत्व विकासका साथै समाजसेवामा उदाहरणीय कार्य गर्न आग्रह गर्नु हुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देशमै सर्बाधिक मत प्रप्त गरि मनोहरा जेसिसका रजनी थापाले राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुले मनोहरा जेसिसको उचाईले सगरमाथा छोएको समेत बताउनु भयो ।

सागर रोक्काको अध्यक्षतामा कार्यकारी उपाध्यक्षमा अस्मिता बोहरा, दिनेश अर्याल महासचिव सैलेन्द्र कुईकेल, सचिबमा तुलसा आचार्य, उत्सब कार्की,कोषधक्ष सुजेन प्रकाश थापा, उपाध्यक्षहरुमा प्रथम बोगटी,नबिना क्षेत्रि, सक्षम खड्का, रुपेश खनाल, कार्यक्रम सम्योजक बिबेक थापा, प्रेस संयोजक उमेश भट्टराई रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्