नवजात शिशु मृत अवस्थामा फेला



न्युज अफ नेपाल, पाल्पा ।

लिङ्ग समेत पहिचान गर्न नसकिने अवस्थामा पाल्पामा नवजात शिसु मृत अवस्थमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तानसेन नगरपालिका ५ सितलडाँडा अन्र्तगत रानीमहल तानसेन सडक खण्ड नजिकै नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।

तानसेन रानीमहल भित्रि सडक खण्डको छेउँमा मृत शिशु फेला परेको हो । कार्यलायका अनुसार वेवारिसे अवस्थामा उमेर नपुगेको र लिङ्ग समेत पहिचान गर्न नसकिने अवस्थामा रहेको शिशु फालेको भन्ने थाहा नभईसकेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्