दुर्घटनामा एक जनाको मृत्यु



सीताराम अधिकारी, धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी क्याम्पसचोकमा हिजो राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ बा ७५प २८३७ नम्बरको मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर २ का ३९ वर्षीय शंकर अधिकारीलाई बा ५ ख ६७४० नम्बरको आइचर ट्रकले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभयो ।

मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएपछि टाउकोमा चोट लागेका अधिकारीलाई उपचारका लागि काठमाण्डौतर्फ लाँदै गर्दा मृत्यु भएको थियो । ठक्कर दिने चालक नेत्रवतीडबजोङ गाउँपाकिला वडा नम्बर २ का २७ वर्षीय राम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्