दुई दिनमा १५ संक्रमित थपिए



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा दुइ दिनमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मंगलबार र बुधबार गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

कार्यालयका अनुसार तानसेन नगरपालिका तथा अस्पतालका ११ जना, माथागढी गाउँपालिकाका २ जना र बगनासकाली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि छ ।

जसमा ९ जना पुरुष र ६ जना महिला छन्र । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार यो सँगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ४४ पुगेको छ । उहाका अनुसार यी मध्ये १ हजार ७ सय २५ जना निको भएका छन् भने कारोना संक्रमणकै कारण ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्