गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु



चितवन ।

चितवनमा गैंडाको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा मंगलबार गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्