मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



जनकपुरधाम । सर्लाहीमा आफुले चलाएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका वडानम्बर-२ बस्ने रामएकबाल राय यादवको मृत्यु भएको हो ।

यादवले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका ४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयाे  ।

प्रतिक्रिया दिनुहोस्