नालामा डुबेर २ वर्षीय बालकको मृत्यु



जनकपुरधाम । सर्लाहीमा नालामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका वडानम्बर १ भेडहिया निवासी पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा मंगलबार साँझ नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्