जबरजस्ती करणी मुद्दामा प्रहरीद्वय दाङका यादव र डडेलधुराका खड्का जेल चलान



यमलाल भुसाल, बुटवल ।

जबरजस्ती करणीमा संलग्न भएकोमा दोषी ठहर गर्दे दुई प्रहरीलाई अदालतले कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङका २३ वर्षीय पटेश्वरी यादव र डडेलधुराका २५ वर्षीय प्रेम खड्कालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दे कैद सजायको फैसला सुनाएको हो ।

न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलासले यादवलाई १२ र खड्कालाई ७ वर्षको कैद सजाय हुने फैसला गरेको अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिनु भयो ।

जिल्लाको सुनवलमा घाँसपात गर्न गएका स्थानीय १५ वर्षकी बालिका र १८ वर्षकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनिहरु बिरुद्ध गत वर्षको जेठमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्