पाल्पामा दुई दिनमा १३ कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु



न्युज अफ नेपाल, पाल्पा ।

पछिल्लो दुइ दिनमा पाल्पामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भने कोरोनाका कारण एक जनाले ज्यान गुमाएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाभित्रका ७ जनासहित थप १३ जनामा संक्रमण पुष्टि भएका हो ।

पछिल्लो दुई दिन अर्थात सुक्रवार र शनिवार गरिएको परिक्षणमा यी संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा र तानसेन नगरपालिका ७, बगनासकाली गाउँपालिकाका ३ रामपुर नगरपालिका, रैनादेवी छहरा र रिब्दिकोट गाउँपालिकामा पनि १/१ जना छन् ।

यो संगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय २१ पुगेको र १ हजार ७ सय २५ जना निको भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकाश पन्थीले वताउनु भयो । उहाका अनुसार जिल्लामा धेरै सक्रमित निको भैसकेको र हाल ६५ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाल्पामा थप १ संक्रमितको मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका १ का ७६ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । केही दिनअघि युनाईटेड मिशन अस्पतालमा भर्ना हुनुभएका पुरुषलाई शुक्रबार नै मेडिकल कलेज रिफर गरिएको थियो । पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो ।पुरुषमा सुगर र उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्