डाक्टरमाथि हातपात गर्नेलाई ६ दिन बित्दासमेत कारवाही नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी धर्नामा



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डाक्टरमाथि हातपात गर्नेलाई ६ दिन बित्दासमेत कारवाही नभएको गुनासो गदै स्वास्थ्यकर्मी धर्नामा वसेका छन । चिकित्सकमाथि हातपात भएको विरोधमा स्वास्थ्यकर्मीहरुले प्रशासनले कारवार्ही गनुपर्ने माग गर्दे अस्पतालमा धर्ना दिएका हुन् ।

बिरामी कुर्न आएका व्यक्तिले ड्युटीमा खटिइरहेका डाक्टरमाथि हातपात गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पतालमै धर्ना दिएका हुन । यही पुस १० गते राति अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको ईर्मेजेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरुलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुरी गरेको थियो ।

अस्पतालका प्रवक्ता डा विष्णु गौतमले प्रहरीले कुनैपनि कारवाही अगाडि नबढाएको गुनासो गर्दै आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरुले आकस्मिक कक्षमा धर्ना दिएको बताउनु भयो ।

दमको जटिल समस्या देखिएका बिरामीलाई उनका छोराले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । जाँचपछि डाक्टरले बिरामीलाई तत्काल भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा बेड खाली नभएको भनी ब्रिफिङ गर्दै गर्दा उनले हातपात गरेको अस्पतालको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्