मेयर खनालले गरे चिम्टेश्वरमा भ्युटावर शिलान्यास



न्युज अफ नेपाल, काठमाडौं ।

नुवाकोट बेल्कोटगढी नगरपालिकामा रहेको चिम्टेश्वर महादेव मन्दिर ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, एवम् पर्यटकिय हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको मानिन्छ। उक्त स्थलले नुवाकोट जिल्लाकै गरिमा बोकेको छ।

बेल्कोटगढिको अमुल्यनिधि चिम्टेश्वर महादेव परिसरमा भ्युटावर निर्माणको लागि आज बागमती प्रदेशका नगर प्रमुख राजेन्द्र रमण खनालले शिलान्यास गर्नु भएको छ।

उक्त भ्युटावर प्रदेशका माननिय केशबराज पान्डे, नगर प्रमुख राजेन्द्र रमण खनाल, उधोग, पर्यटन तथा वनवातावरण मन्त्रालयको आयोजना प्रमुख, जिल्ला स्तरिय नेताहरू, नगरपालिका भित्रका जनप्रतिनिधि, र सरोकारवाला, सहितका पत्रकार,सबैको उपस्थितिमा आज शिलान्यास भएको छ ।

उक्त भ्युटावर ३ करोड ३ लाखको लागतमा ८ तलाको ७३ फिट उचाइ, र ६५×६५ फिट चौडाईको पहिलो तलाको बेसमा निर्माण हुने बताईएको छ।उक्त भ्युटावर जेष्ठ मसान्तभित्र तयारी हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्