चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुखको निधन



न्युज अफ नेपाल, काठमाडौ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पहिलो क्याम्पस प्रमुख डा. द्वारिकानाथ रेग्मीको ९२ बर्षको उमेरमा आईतबार निधन भएको छ । डा. रेग्मी नेपाल चिकित्सक संघका आजीवन सदस्य हुनुका साथै स्वास्थ्य सेवा बिभागको लामो समयसम्म महानिर्देशक, स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाली सक्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँले स्वास्थ्य सेवाबाट अबकास पछि पनि लोक सेवा आयोगको सदस्य समेत हुनुभएको थियो । डा.रेग्मी जनस्वास्थ्य विज्ञ समेत हुनुहुन्थ्यो । उहाँ लामो समय त्रिवि शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनप्रति नेपाल चिकित्सक संघले समवेदना प्रकट गरेको छ । समवेदन बिज्ञप्तीमा संघले डा.रेग्मीको नेपालको चिकित्सा शिक्षा र जनस्वास्थ्यका क्षेत्रमा अतुलनिय योगदान उल्लेख गरेकोछ ।

समवेदना विज्ञप्तमा भनिएकोछ—‘इमान्दार, लगनशील र प्रतिष्ठित जनस्वास्थ्य विशेषज्ञलाई गुमाउन पुगेकोमा संघ मर्माहित भएको छ, ।’ ‘यो दुःखद् घडीमा परिवार दिवंगत आत्माको चीरशान्तीको कामना गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्