चितुवाको छाला र हड्डीसहित तीन पक्राउ



डोटी, (नेस)

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरण पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री–वितण भइरहेको भन्ने सूचनाका आधारमा कैलाली प्रहरीले उनीहरु पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाको साथबाट चितुवाको छाला तथा हड्डी बरामद भएको जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्