ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु



गुल्मी ।

गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी प्रविणलाल श्रेष्ठले बताउनुभयो ।

बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको एसपी श्रेष्ठले बताउनुभयो । उनीहरुको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको श्रेष्ठ बताउनुभयो । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्