बार्सिलोनाको कठिन जित



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लिगको ११औं साताको खेलमा कठिन जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो । बार्सिलोनाको क्याम्प नोउ रंगशालामा घरेलु टोलीले खेल अवधिभर बलमा नियन्त्रण राखे पनि गोलको लागि भने ७६औं मिनेटसम्म कुर्नुपरेको थियो । लेभान्टेका गोलकिपर फेमान्डेजले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाको दर्जनौं आक्रमण विफल भएका थिए ।

खेलको ७६औं मिनेटमा फ्रेन्की डे जोङको पासमा लियोनल मेसीले पोस्ट नजिकैबाट गरेको कडा प्रहारमा बलले जाली चुमेपछि बार्सिलोनाले १–० को अग्रता बनायो । त्यसपछि बाँकी रहेको समयमा दुवै टोलीबाट थप गोल नभएपछि बार्सिलोनाले सोही एक गोलको अग्रता बचाएर खेल जित्यो । यो जितपछि बार्सिलोनाले ११ खेलबाट कुल १७ अंक जोडेको छ । यता हारसँगै लेभान्टेको ला लिगामा पछिल्ला ६ खेलको अपराजित यात्रामा भने पूर्णविराम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्