ब्याडमिन्टनको उपाधि आर्मीलाई



यमलाल भुसाल, बुटवल ।

प्रथम सैनामैना राष्ट्रिय खुल्ला मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब काठमाडौंले पारेको छ ।

सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा सोमबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लब काठमाडौंलाई सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनको टिमले उपाधिसँगै रु। ५१ हजार पुरस्कार पनि प्राप्त गर्‍यो । पुलिसले भने ३५ हजार नगदमै चित्त बुझाउनुपर्‍यो । पुलिसको तर्फबाट जीवन आचार्य र सुनील जोशीले प्रतिस्पर्धा गरेका थिए । यसैगरी, आर्मीका दिवस शंकर, भोजबहादुर गुरुङको टिम र बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको टिमले तेस्रो स्थान हासिल गरेका थिए । यी दुवै टिमले २०र२० हजार नगद पुरस्कार हासिल गरेका थिए ।

भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि चितवन ब्याडमिन्टन क्लबले जितेको छ । गुल्मीका नवराज श्रेष्ठ र कृष्ण रानासँग फाइनल प्रतिस्पर्धामा मैदानमा उत्रिएका चितवनका कमल राना र बुद्धि चौधरीको टिमले जित हत पारेको थियो । उपाधिसँगै चितवनले रु।३० हजार र गुल्मीले २० हजार नगद प्राप्त गरे ।

त्यसैगरी, चन्द्रागिरी ब्याडमिन्टन क्लब काठमाडौंका हरि खत्री, पुरण श्रेष्ठ र बुटवल ब्याडमिन्टन क्लबका अर्जुन कार्की र गोपाल टण्डनको टिमले तेस्रो स्थान प्राप्त गरे । ती टिमहरूले १५र१५ हजार नगद हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्