देशभर थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि, १२ संक्रमितको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको छ। आज १०६४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।हाल क्वारेन्टाइनमा ५१५ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।