जन्ती हिडेका युवकको आँखा निकालिएको अवस्थामा शव भेटियो



कृष्णउदास खनाल, वीरगन्ज।

पर्सामा एक युवकको शव फेला परेको छ ।

जिल्लाको कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको शव फेला परेको हो ।नहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित नहरमा हुसैनको शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

तीन दिनअघि धोबिनी गाउँपालिका–१ भिखमपुर जन्ती जान भनी साथीसँगै निस्केका उनी बेहुलीको घरमा नपुगेको आफन्तहरुले बताएका छन् । उनी वेपत्ता भएपछि आफन्तले खोजी शुरु गरेका थिए ।

सँगै जन्ती जान निस्केका साथीहरुले नै उनको हत्या गरेको हुन सक्ने आशंका मृतकका आफन्तले गरेका छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ ।घोप्टो परेको अवस्थामा नहरमा शव भेटिएको र मृतकको दाहिने आँखा निकालिएको अवस्थामा बव फेला परेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसंधान जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्