आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबुलाई एक वर्ष कैद



न्युज अफ नेपाल, पर्वत  ।

१५ बर्षिया छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा ५५ बर्षिय बाबुलाई डेढ बर्ष कैद सजाय भएको छ ।

पर्वतको विहादी गाउँपालिकाका ५५ बर्षिय पुरुषलाई मंसिर १४ गते आइतबार पर्वत जिल्ला अदालतले १ बर्ष ६ महिना कैद सजाय र १० हजार रुपैँया जरिवानाको सजाय सुनाएको हो ।

विहादी गाउँपालिकाका एक ५५ बर्षिय पुरुषले ३ माघ ०७६ मा आफ्नै १५ बर्षिय छोरीलाई यौन दुव्र्यबहार गरेका थिए । पिडित बालिकाले आफु पटक पटक आफ्नै बाबुबाट यौन हिंसाबाट पिडित बनेको भन्दै आफन्तलाई गुनासो गरेपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले उजुरीका आधारमा ७ माघ २०७६ मा आरोपित बाबुलाई घरबाटै पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । पर्वत जिल्ला अदालतको २९ माघ ०७६ मा दुई लाख धरौटीमा छुटाउने आदेश जारी गरेपनि धरौटी रकम बुझाउन नसक्दा आरोपित बाबु पर्वत जिल्ला कारागार चलान भएका थिए ।

पर्वत अदालतको आइतबारको फैसलाले उनलाई एक बर्ष ६ महिना कैद र १० हजार रुपैँया जरिवानाको फैसला सुनाएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले फोनमार्फत जानकारी दिनुभयो ।

पिडित बालिका परिवारमा समेत तत्काल पुनःस्थापना हुन नसकेपछि छिमेकी जिल्ला कास्कीको पोखरामा संरक्षक संस्थाको संरक्षकत्वमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्