गजुरीमा कार्यरत प्रहरी निरिक्षक पाण्डेय यस महिनाका सर्वोत्कृष्ट प्रहरी



धादिङ  ।

जिल्ला प्रहरी कार्यालय धादिङले इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयलाई सर्वोत्कृष्ट प्रहरीको उपाधीसहित सम्मान गरेको छ ।

प्रहरी निरीक्षक पाण्डेयबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले आज २०७७ साल कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरीको उपाधी दिएको हो ।

ईलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत प्रहरी निरीक्षक पाण्डेयले अबैध लागु औषध गाँजा खेती फडानी, लागुऔषध नियन्त्रणका साथै आपराधीक क्रियाकलाप नियन्त्रणमा उत्कृष्ठ भुमिका खेलेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधीसहित सम्मान गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्