भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा७३प ३८२ नम्बरको स्कुटर गए राति दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका९ राधेराधेका २९ वर्षीय राजु तामाङ छन् ।

भक्तपुरबाट काठमाडौं जाँदै गरेको स्कुटर मध्यपुर ठिमी४ एसएस चोकनजिक सोमबार राति साढे ११ बजे अनियन्त्रित भई ट्राफिक आइल्याण्डमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई मध्यपुर अस्पतालमा सामान्य उपचारपछि नर्भिक अस्पताल लगिएको थियो।
नर्भिक पुर्‍याउँदा चिकित्सकले तामाङलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्