दिउँसै आठ लाख लुटियो



कृष्णउदास खनाल, हेटौंडा ।

वीरगन्जको मुख्य बजारबाट दिन दहाडै आठ लाख रुपैयाँ लुटिएको छ । वीरगन्जको लिंकरोडबाट सोमबार दिउँसो साढे ११ बजेतिर ८ लाख रुपैयाँ लुटेर दुई व्यक्ति फरार भएका हुन् ।

मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्तिले वीरगन्जको लिंकरोडस्थित माछापुच्छ्रे बैंकमा जम्मा गर्न गइरहेको अवस्थामा झोलामा रहेको आठ लाख रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ । वीरगञ्जको माइस्थानमा कपडाको पसल सञ्चालन गरेर बसेका कृष्णप्रसाद साहका स्टाफ मुकुन्द पटेलले ब्यागमा राखेर बैंकमा जम्मा गर्न लैजाँदै गरेको पैसा लुटिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक राजेशराज पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्