आफ्नै कामले ऊर्जा



लामो समयदेखि कला क्षेत्रमा निरन्तर लागेर आफ्नो सिर्जनामार्फत नेपाली कला क्षेत्रमा सक्रिया एउटा नाम हो निर्देशक आदित्य बुढाथोकी।

झण्डै डेढ दशकदेखि थुप्रै फिल्मको निर्देशनमार्फत मनोरञ्जन र सामाजिक सन्देश आम दर्शकमाझ प्रवाह गराउन खप्पिस आदित्यको निर्देशनमा कल अफ डिउटी, समयको कथा, नेपथ्य, हे सानु, पूर्णिमाको रातलगायत थुप्रै म्युजिक भिडियो र फिल्म तयार भएका छन्। उनको सिर्जनाले अवाड चुमिसकेका छन्।

सानो उमेरदेखि नै कलामा रुचि राख्दै यही क्षेत्रमा लागि परेका बुढाथोकी हाल नयाँ फिल्मको स्क्रिप्ट लेखिरहेका छन्। आफूले गरेको हरेक कामबाट आफूलाई थप ऊर्जा मिल्ने बताउने आदित्य आफ्नो रहेक कामलाई उत्कृष्ट बनाउन उत्तिकै मेहनत गर्न रुचाउँछन्।

थुप्रै अवार्ड र सम्मानले आफूलाई अझै राम्रो र उत्कृष्ट काम गर्न हौसला र प्रेरणा मिल्ने बताउँदै अबको दिनहरुमा पनि अझै राम्रो चलचित्र दिएर नेपाली दर्शक तथा नेपाली फिल्मप्रेमीहरुको मन मस्तिष्कमा आफूलाई बसाउन चाहान्छन्।

प्रतिक्रिया दिनुहोस्