बालिकाको बलात्कारपछि हत्या

घाइते प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु



महोत्तरी, (नेस)

एक बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा बलात्कारीलाई हदैसम्मको कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा घाइते भएकामध्ये एक जनाको बुधबार काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीको गोली दुवै तिघ्रामा लागेर घाइते भएका सञ्जय न्यौपानेको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्यु भएपछि स्थानीयले बुधबार पनि आन्दोलन गरेका छन् ।

आन्दोलनकारीसहित स्थानीय सरोकारवाला निकायको बुधबार बसेको बैठकले मृतक न्यौपालेलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेका छन् ।

स्थानीय प्रसाशनले बर्दिवास क्षेत्रमा बिहानैदेखि निषेधाज्ञा जारी गरेको भए पनि स्थानीयले त्यसको उल्लंघन गर्दै प्रदर्शनलाई
निरन्तरता दिएका छन् ।

६ वर्षीया बालिका गुलाब खातुनको बलात्कारपछि हत्या भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका आरोपित अरुणकुमार साहलाई कडा कारबाहीको माग गर्दै स्थानीयले मंगलबारदेखि नै प्रदर्शन गर्दै आएका छन् । मंगलबार प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्