२८ औ स्थापना दिवसमा पत्रकार महासंघ काभ्रेको साधारण सभा



न्युुज अफ नेपाल, काभ्रे । 

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको बुधबार सम्पन्न ३९ औ बैठकले महासंघको २८ औ स्थापना दिवसको अवसर पारी पौष २ गते साधारण सभा गर्ने निर्णय गरेको छ । सभाको उद्घाटन केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले गर्नु हुने भएको छ ।

बनेपाको पञ्चकन्या बेन्क्वेटमा हुने साधारण सभामा स्वास्थ्य मापदण्ड पुरा गरिनेछ । महासघले २०७४ सालको पौष २ गते रजत महोत्सव मनाएको थियो । सोहि अवसरमा स्मारिका प्रकाशन, संस्थापक सदस्यहरुको सम्मान गरेको थियो । भौतिक पूर्वाधार, संस्थागत विकास, क्षमता अभिबृद्धी तथा दिर्घकालिन योजनाका साथ पत्रकार महासंघले पत्रकारहरुको दुर्घटना विमा, कोरोना विमा गराएको छ । जिल्लामा ११ जना पत्रकारहरु कोराना संक्रमित भईसक्नु भएको छ भने दुर्घटनामा परी एक जना पत्रकारहरुले उपचार बापतको रकम विमाबाट प्राप्त गर्नु भएको छ । बैठकले स्व. पत्रकार विष्णु चौलागाई प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । त्यस्तै पत्रकारहरुको पुनः दुर्घटना विमाका लागि मसिंर २५ गतेसम्मको समयावधी तोकिएको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनु भयो । दुर्घटना विमाका लागि सदस्यहरुले सूचना विभागको परिचयपत्र, नागरिकता र महासंघले प्रदान गरेको सदस्यता परिचयपत्रको प्रतिलिपि सहित इच्छाईएको ब्यक्तिका बारेमा खुलाई महासंघ कार्यालयमा पठाउनु पर्ने छ ।

महासंघले साधारण सभाकै अवसरमा स्व. भरतराज पत्रकार पुरस्कार कोषबाट संचारकर्मी सम्मान गर्न पुर्व अध्यक्ष एवं सल्लाहकार भोला थापाको अध्यक्षतामा राजाराम कार्की र रमा दाहाल सदस्य रहेको समिति गठन गरेको छ । समितिले सम्मान गर्ने पत्रकारको नाम सिफारिस गरे पछि कार्यसमितिले अनुमोदन गर्नेछ । बैठकले साधारण सभाको तयारी, महासंघले गरेका निर्णयहरुलाई सबै सदस्यहरुका बीच पु¥याउन निर्णय पुस्तिका प्रकाशन, बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै महासंघका गतिविधि प्रकाशन तथा प्रसारण गर्ने उदेश्यले वेभ साईड निर्माण गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमित पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनु भएको छ ।

महासंघको यो कार्य समितिले प्रिफ्यावको तल्ला थप, फर्निचर तथा कार्यालय ब्यवस्थापन, कम्पाउण्ड वाल, सडक स्तरोन्नती, पक्कि नाली, पार्किङ्ग, पार्क लगायतका संरचना निर्माण गरिसकेको छ भने पत्रकारहरुलाई सहयोग गर्ने विपद कोष स्थापना गरेको छ । १० लाख पुर्‍याउने उदेश्यले निर्माण गरिएको कोषमा हाल ५ लाख जम्मा गरिसकिएको छ । उक्त कोष संचालनका लागि तयार गरिएको कार्यविधि अनुसार पत्रकार शिव पन्तलाई सहयोग गरिएको छ । कोरोना फैलन नदिन गरिएको लकडाउनमा सदस्य तथा कार्यरत कर्मचारीहरुलाई सहयोग, पत्रकारहरुको पहिचानका लागि परिचयपत्र र प्रेस ज्याकेट वितरण, शुद्धिकरण तथा सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु गरिएका छन् । क्षमता अभिबृद्धीका लागि आधारभुत तथा एडभान्स तालिम, स्थानीय तहमा एक आधारभुत पत्रकारिताका बारेमा जानकारी गराउने उदेश्यले स्थानीय सरकारकै सहयोगमा तालिम संचालन भएका छन् । प्रेस मैत्री कानुन निर्माणका लागि आवश्यक छलफल तथा सुझाव पेश गरिएको छ भने पत्रकारहरुको उपचारका लागि बनेपा हेल्थ केयरमा उपचारमा सहुलियत गरिएको छ । लोगो प्रकाशन, फेलोशिपका लागि सहजिकरण, विज्ञापनमा एकरुपता तथा सहजिकरण गरिएको अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिनु भयो । महासंघले भवन अगाडी स्मारक निर्माण गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्