जलविनायकमा फेरिए मूर्ति



काठमाडौं, (नेस)
कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा रहेको प्रसिद्ध गणेश मन्दिर जलविनायकबाट हराएकामूर्ति तथा तान्त्रिक यन्त्रहरु वरिष्ठ समाजसेवी प्राडा जगदीश वैद्यले निजी खर्चमा पुनस्र्थापित गरिदिनुभएको छ ।
प्राडा वैद्यले मंगलबार मूर्ति तथा तान्त्रिक यन्त्रहरु वडा नम्बर ६ का वडाध्यक्ष न्हुच्छेमान डंगोलको कार्यकक्षमा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यलाई हस्तान्तरण गर्नुभएको हो ।
महालक्ष्मी नगरपालिका–८, लुभु निवासी प्राडा वैद्यले जलविनायक मन्दिरबाट हराए–नासिएका सबै मूर्ति तथा तान्त्रिक यन्त्रहरु निजी खर्च गरी पुनस्र्थापना गरिदिने पहिला नै घोषणा गरेअनुसार गणेश मूर्ति एक थान, सिंह दुई थान, अष्टमण्डल दुई थान प्रदान गर्नुभएको हो ।
कीर्तिपुर नपा–६ काप्रमुख सल्लाहकारसमेत रहेका प्राडा वैद्यले यसअघि सोही मन्दिरमा ४ सय ७२ किलोको विशाल घण्ट दान गरिसक्नुभएको छ ।
‘समाज सेवा र धार्मिक कार्यलाई आर्थिक हिसाबले हेर्नुहुन्न’, उहाँलाई खर्चका सम्बन्धमा प्रश्न गर्दा भन्नुभयो– ‘मैले थुप्रै मन्दिर र शैक्षिक संस्थाहरुको स्थापनाका लागि आफ्नो सम्पत्ति लगाएको छु, यो समाज र आफ्नो मानसिक सन्तुष्टिका लागि हो, त्यसैले खर्चको रकमउल्लेख गर्न चाहन्न ।’

 

प्रतिक्रिया दिनुहोस्