भारतीय विदेश सचिव हर्षवर्धन नेपाल आउँदै



काठमाडौं, (नेस)

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यही मंसिर ११–१२ मा नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात् नेपालका लागि उहाँको यो पहिलो भ्रमण हो ।

भ्रमण नेपाल–भारत सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताअनुरुप रहेको बताइएको छ ।

भ्रमणका क्रममा विदेश सचिवले आफ्ना समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगका बारेमा छलफल गर्नुहुने कार्यक्रम छ ।

नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको छ । हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटी परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्