रुपन्देहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु



यमलाल भुसाल, बुटवल ।

रुपन्देही तिलोत्तमा नगरपालीका वडा नं.७ भलवारी स्थित सिद्वार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु.२४प.७५०६ नं.को मो.सा. दूर्घटना हुदा बिकाश चौधरी र वर्ष २० को हरि गुरुङको मृत्यु भएको छ ।

उक्त मोटरसाकिल आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिदा मो.सा. चालक रुपन्देही तिलोत्तमा न.पा १५ मधवलियाका बिकाश मोटरसाकिलमा पछाडी सवार गुरुङ घाईते भएका थिए ।

दुवै जनालाई उपचारको लागी क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा,उपचारको क्रममा मृत्यु भएको,जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्