कोरोना संक्रमणविरूद्ध जनचेतना अभिवृद्धिका लागि सडक नाटक प्रदर्शन



पुष्कर बुढाथोकी, भक्तपुर ।

कोरोना संक्रमण बिरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समुह नामक नाट्य संस्थाले चागुँनारायण नगरपालिकाका बिभिन्न वडामा सडक नाटक कहर प्रदर्शन गरिरहेको छ।

चागुँनारायण नगरपालिकाको आर्थिक सहयोगमा कोभिड १९ अर्थात कोरोना महामारीको रोकथामका लागि जनचेतना जगाउने उदेश्यले नाटक प्रदर्शन गरिएको गरपालिकाका प्रमुख सोम मिश्रले बताउनुभयो ।

एक घण्टा लामो नाटकमा ब्यक्तिगत सरसफाई,मास्कको अनिवार्य प्रयोग तथा कोरोना रोग र रोकथाम बारे सन्देश दिईएको छ ।
नाटकको निर्देशन आरम्भ कलाकारहरुको समुहका अध्यक्ष प्रभाकर न्यौपानेले गरेका छन् ।

नाटकमा चर्चित रंगकर्मी कलाकारहरु राजेन्द्र गड्तौला,प्रल्हाद खरेल,राधा श्रेष्ठ,बिश्वदिप घिमिरे,राजन भुजेल,सरस्वती अधिकरी र मन्जु अधिकारी आदिको अभिनय रहेको छ भने संगीत संयोजन सुरेसचन्द्र न्यौपानेले गरेका छन् ।

नाटक गत शुक्रबार देखि प्रदर्शन गर्न सुरु गरिएको र भोलीसम्म नगरपालिकाका सबै वडाहरुमा मन्चन गरि सकिने नाट्य संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्