स्वास्थ्यकर्मी देवको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं, (नेस)
कोरोना भाइरस संक्रमणबाट नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको निधन भएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजेर ४० मिनेट जाँदा निधन भएको युनियनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

३० वर्षदेखि स्वास्थ्य सेवामा आबद्ध स्वास्थ्यकर्मी देव सप्तरीको राजविराज स्थायी घर भएका ५४ वर्षको हुनुभएको र सिराहास्थित कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्य समितिले देवको निधनप्रति दुःख व्यक्त गर्दै आफूले एक कुशल नेतृत्वकर्ता, निडर, जुझारु र सशक्त ट्रेड युनियनकर्मी गुमाएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्