लैंगिक समानताका लागि अहिले नै सोच्न सिड कमिटीका नवनिर्वाचित सदस्य रानाको जोड

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

संचारिका समूहको आयोजनामा लैंगिक पहिचान सहितको छनोट बिषयमाथी बुधबारदेखि शुरु भएको ३ दिन भर्चुअल छलफल कार्यक्रमको पहिलो दिन सिड कमिटीका नवनिर्वाचित सदस्य तथा संचारिका समूहका संस्थापक अध्यक्ष बन्दना रानाले आफ्ना २० बर्ष पुरानो अनुभव बाँड्दै कार्यक्रमको शुरुवात गर्नुभयो ।

बागमती प्रदेशमा रहेका संचारकर्मीहरुलाई लक्षित गरि आयोजना गरिएको ३ दिने छलफल तथा अनुभव आदान प्रदान कार्यक्रममा लैगिक विभेदलाई संचार माध्यमले न्यूनीकरणको भूमिका कसरी खेल्ने भन्ने बिषयमा केन्द्रित रहेको थियो । छलफल कार्यक्रम सिडका नवनिर्वाचित सदस्यको स्वागत र बधाईबाट शुरु गरिएको थियो ।

सोही अवसरमा रानाले नेपाली महिला, सञ्चारकर्मी, अधिकारकर्मी भएर नेपाललाई चिनाउन पाएकोमा गौरव लागेको छ भन्नुभयो । उहाँले सबैको माया, सद्भावकै कारण मैले सिडमा निर्वाचन जित्न सम्भव भएको हो भन्नुभयो । रानाले सिड कमिटिको चुनाव सम्पन्नपछि आफ्नो पहिलो कार्यक्रम संचारिका समूह मार्फत संचारकर्मीसँग भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले २० बर्ष अधि महिला हकहितका बिषयमा अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा भागलिँदा यति परिपक्व थिईन त्यसैले पहिलो प्रश्न आफुलाई नपरे हुन्थ्यो भन्ने सोच्दा सोच्दै पहिलो प्रश्न आफैलाई पर्यो त्यो पनि फटाफट उत्तर दिनुपर्ने नियम थियो । प्रश्न थियो महिलाका बिषयमा १० बर्षपछि के देख्न चाहनुहुन्छ भन्ने थियो ।

त्यतिबेला मैले हरेक घरमा छोरी जन्मदा खुशीयाली मनाएको हेर्न चाहन्छु भन्दा निकै प्रशसा पाएको थिए । तर आज २० बर्ष पछि फर्केर हेर्दा छोरी जन्मदा खुशीयाली हैन गर्भमै लिग पहिचान गरेर छोरीको जन्मैपो नदिने सोचमा समाज डोरिएको देख्दा दुःख लागेको छ भन्नुभयो ।
रानाले यो अवस्थाको सुधारका लागि संचार माध्यमले अहिलेनै ध्यानाकर्षण नगराउने हो भने पछिल्लो २० बर्षमा पुरुषले विशेवारी गर्न केटी समेत नपाउने सुनिश्चित छ ।

यसले समाज र देशमा नै ठूलो आर्थिक र सामाजिक रुपमा क्षति पुग्छ भन्ने कुरालाई औल्याएर छोरा र छोरीको समानताका बिषयमा कलम चलाउँने बेला आईसकेको बिषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँले छोरीले पनि अवसर पाए भने देश विदेशमा पुगेर पनि देशलाई चिनाउने महत्वपूर्ण काम गर्न सक्छन् भन्नुभयो ।

उहाँले लैंगिक विभेदकारी उखान टुक्कालाई समेत परिमार्जन गर्दै महिला र पुरुष समान अधिकारका भागीदार हुन भन्ने बिषयमा समाजको ध्यानाकर्षण गराउन जोड दिनुभयो । कार्यक्रममा काभ्रे पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, संचारिका समूहका अध्यक्ष नितु पण्डित, उपाध्यक्ष कमला पन्थी, हेटौडा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काठमाडौ उपत्यका लगायतका पत्रकारहरुले आ आफ्ना अनुभवलाई सार्वजनिक गर्नुभएको थियो ।