जीते बाइडेन



वासिंगटन (एजेन्सी)
डेमोक्र्याट उम्मेदवार तथा पुर्व उपराष्ट्रपति जोय् बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी जन्मेको राज्य पेन्सिलभेनियाको मतगणनाको अन्तिम नतिजा उनको पक्षमा आएपछि अत्यन्तै कडा प्रतिस्पर्धा भनिएको यो चुनाव बाइडेनले जितेको हो । यो जितसँगै उनी ४ बर्षका लागि अमेरिकाका राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा रहने छ ।
उनको जितले मौजुदा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादस्पद कार्यकालमा पुर्णविराम लागेको छ । ट्रम्पको हारका कारण उनका समर्थकहरुबा हुन सक्ने हिँसात्मक प्रदर्शन तथा गतिविधि रोक्न सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
उक्त राज्यमा जितेपछि बाइडेनको इलेक्टोरल कलेज भोट २ सय ७३ पुगेको हो । राष्ट्रपतिमा निर्वाचित हुन विजयी उम्मेदवारको इलेक्टोरल मतको आंकडा २ सय ७० पुर्याउन आवश्यक छ ।
बाइडेन निर्वाचित भएसँगै अमेरिकी राष्ट्रपति निर्वाचनमा कयौं किर्तिमान कायम भएका छन् ।
७७ बर्षिय बाइडेन अमेरिकी राष्ट्र्रपति चुनावको इतिहासमा निर्वाचित हुने सबैभन्दा बृद्ध उम्मेदवार हुन् ।
अमेरिकी राष्ट्रपति चुनावमा महत्वपुर्ण स्विंग स्टेट फ्लोरिडा हारेर पनि राष्ट्रपतिमा निर्वाचित हुने उनी पहिलो राष्ट्रपति बनेका छन् ।
उनी अहिलेसम्म कै सबैभन्दा बढी लोकप्रिय मत हासिल गर्ने निर्वाचित राष्ट्रपति भएका छन् । यसअघि यो किर्तिमान बाराक ओबामाको नाममा थियो ।
उनीसँग उपराष्ट्रपति पदमा निर्वाचित भएकी कमला ह्यारिस प्रथम महिला उपराष्ट्र्रपति हुन् ।
कमला ह्यारिस उपराष्ट्रपति पदमा निर्वाचित हुने पहिलो काला तथा दक्षिण एसियाली मुलका अमेरिकी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्