बाह्रबिसेबाट सुरु भयो प्रहरीको ‘टी विथ टीम’ अभियान



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

शान्ति सूरक्षा, अमन चयन र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उदेस्यले प्रहरीले ‘टी विथ टीम’ अभियान सुुरु गरेको छ । प्रहरी संगठनभित्रको औपचारीकताको दायरालाई फराकिलो बनाउँदै कार्यलय प्रमुख र प्रहरी कर्मचारी सगोलमा चिया खाएर दुख सुखका कुरा गर्दै भावनात्मक सम्बन्ध विकास गर्न जिल्ला प्रहरी कार्यालयले ‘टी विथ टीम’ अभियान सुरु गरेको हो ।

प्रहरीको यो नयाँ अभियान अन्तर्गत बिहीबार बाह्रबिसेस्थित ईलाका प्रहरी कार्यालयमा ‘लन्च विथ मेयर’ कार्यक्रम गरिएको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासहित प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाह, अन्य प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीले सामुहिक रुपमा बिहानी खाना खाएर एक आपसमा हार्दीकता साटेका छन् । लन्च विथ मेयर कार्यक्रममा प्रहरी कर्मचारीले मेयरसँग खाना मात्र खाएनन्, ब्यक्तिगत र पारीवारीक कुराकानी समेत गरे । कार्यालय प्रमुख र स्थानीय सरकारका प्रमुखसँग सगोलमा खाना खाँदै दुख सुखका कुरा गर्न पाउँदा प्रहरी कर्मचारीहरु खुसी देखिन्थे । प्रहरी कर्मचारीसँग चिया, खाना खाएर हाकीमसँग घुलमिल गराउँने उदेस्यले ‘टी विथ टीम’ अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनाउ प्रकाश सापकोटाले बताउनुभयो ।

टी विथ टीम अभियान अन्तर्गग जिल्लास्थित प्रहरी कार्यालयहरुमा अतिथिका रुपमा स्थानीय सरकारका प्रमूख एवम प्रतिनीधिलाई बोलाएर प्रहरी कर्मचारीले सगोलमा चिया, खाजा तथा खाना खानेछन् । ‘बास्तबमा भन्नुपर्दा प्रहरीमा औपचारकि समबन्ध हुन्छ, प्रहरी कर्मचारीले ब्यक्तिगत तनाव, समस्याबारे हाकीमसँग भन्न सक्दैनन्’, प्रनाउ सापकोटाले भन्नुभयो, आपसमा भावनात्मक सम्बन्ध विकास गर्दै अपराध नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्ने उदेस्यले यो अवधारणा ल्याएका हौँ ।’

प्रहरी र स्थानीय सरकारबीचको सम्बन्ध औपचारीक मात्र नभई भावनात्मक सम्बन्धको विकास गर्नका लागी पनि यो अवधारण सफल सिद्ध हुने ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देबेन्द्रबहादुर शाहले बताउनुभयो ।

लन्च विथ मेयर कार्यक्रम अन्तर्गत ईप्रका बाह्रबिसेको मेसमा प्रहरीसँगै बिहानी खाना खान पुग्नुभएका मेयर निमफुञ्जो शेर्पाले शान्ति सुव्यवस्था र अमनचयनका लागी प्रहरीलाई हरेक खालका सहयोग गर्ने बताउनुभयो । ईप्रकाको नवनिर्मित भवनको निरीक्षण गर्दै मेयर शेर्पाले पछिल्लो बाढीपहिरोको बिपदमा प्रहरी भूमिकाको उच्च प्रशंशा गर्नुभयो । ‘विपदमा तपाइँहरुले ज्यानका बाजी थापेर उद्धार र राहतमा खटिनुभएको छ, म उच्च प्रशंशा गर्दछु’, शेर्पाले भन्नुभयो । बाह्रबिसे क्षेत्रमा केहि आपराधिक मानसिकताका मानिसहरुले बेला बेलामा बितण्डा मच्चाउँदै आइरहेको भन्दै मेयर शेर्पाले आपराधिक गतिबिधिमा संलग्न जोकोहीलाई उम्कन दिन नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्