जोनसन एन्ड जोनसनको खोप परीक्षण पनि रोकियो



वासिंगटन (एजेन्सी)

अमेरिकाको चर्चित जोनसन एन्ड जोनसन कम्पनीको कोरोना भाइरस खोपको तेस्रो चरणको परीक्षण रोक्नु परेको छ । यस ट्रायलमा सहभागी एक स्वयंसेवकमा केही अज्ञात रोग देखिएपछि परीक्षण रोक्ने फैसला लिइएको हो । कम्पनी परीक्षणमा करिब ६० हजार स्वयंसेवकमा सहभागी गराउने प्रयासमा थियो । कम्पनीले उसको खोप मात्र एक मात्राले नै कोरोना भाइरसमाथि प्रभावकारी साबित हुन सक्ने दावी गरेको थियो ।

एक सहभागीमा केही अज्ञात समस्या देखिएपछि हामीले हाललाइ आफनो कोविड १९ खोपको क्लिनिकल ट्रायल रोकेका छौं जसमा जाँचको तेस्रो चरण पनि समावेश थियो, कम्पनीले जारी गरिएको जानकारी दिइएको छ । यस रुकावटको जाँच गर्न एक स्वतन्त्र विरामी सुरक्षा समिति बनाएको छ । साथै कम्पनी अध्ययनमा ८० हजारलाई समावेश गर्न अनलाईन सहभागिता पनि बन्द गरिएकोछ ।

कम्पनीका अनुसार विशेषगरी ठुला क्लिनिकल अध्ययनमा प्रतिकुल घटना हुने सम्भावना अधिक हुन्छ । त्यसैको गाइडलाइन्सका अनुसार परीक्षण रोकिएको हो । यो खोपको परीक्षण अमेरिका लगायत दक्षिण अफ्रिका, अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, मेक्सिको र पेरुमा भइरहेको छ ।

विज्ञहरुका अनुसार यस कम्पनीको खोप अन्य उम्मेदवारको भन्दा पछाडी भएपनि यो सफल हुनुमा अन्य फाइदाहरु हुन सक्छ । सबैभन्दा ठुलो फाइदा भनेको यसलाई सुन्य तलको तापमानमा भन्डार गर्नु पर्ने छैन । यसको दुई डोज नभएर एकै मात्रा दिएपनि इम्युनिटी विकसित हुन सक्छ । यो खोपले एडनोभाइरसमा कोरोना भाइरसको स्पाइक प्रोटिनको जीन मानव शरीरमा पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्