फेस मास्कसम्बन्धी वैज्ञानिक तथ्यको खुलासा



लन्डन, (एजेन्सी)
सन् २०२० मा फेस मास्क हाम्रो दैनिक जीवनको एक अंश नै भएको छ। विद्यालय, कलेजजस्ता सार्वजनिक स्थल र यात्रामा यही मास्क कोभिड–१९ को भाइरस रोक्न कति सक्षम छ भन्ने सोच सबैका दिमागमा आउँछ नै। त्यसैले, फेस मास्क प्रयोग गर्नु पछाडिका केही वैज्ञानिक आधारबारे जानी राख्नु राम्रो हुन्छ।

सन् २०१९ मा पहिलोपटक कोरोना भाइरस बुझाउने कोभिड–१९ सार्स– कोभ –२ नामक रोग भाइरसबाट लाग्ने तथ्य पत्ता लागेको थियो। यसको संक्रमणबाट श्वास प्रश्वाससम्बन्धी गम्भीर समस्या, ज्वरो, खोकी, माश्ांपेशीको दुखाइ र थकानलगायतका थुप्रै लक्षण देखापर्दछ। श्वास, खोकी वा हाच्छिउँ गर्दा निस्कने तरल पदार्थको छिटाका कारण यो एक मानिसबाट अर्कोमा सर्ने गर्दछ।

यस्ता छिटा हावाको माध्यममा टाढासम्म फैलिने सम्भावना बढी हुन्छ। वाष्पीय कणहरू निकै सूक्ष्म हुने भएकाले त्यसमा मिसिएका भँइरस पनि त्यति बलियो नहुने भन्ने विवादास्पद सोच पनि रहेको छ। तर, यी कण सजिलै श्वासमार्फत फोक्सोमा पुग्ने र भाइरस संक्रमण गर्ने सम्भावना अझ धेरै रहने बताइएको छ।

यस्ता कणको संवाहनका कारण वैज्ञानिकले व्यक्तिगत प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रतिरक्षा क्षमता राम्ररी बुझ्न सकेका छैनन्। अन्य अचल वस्तुहरू जस्तै ढोकाको चुकुल, कलम र मेचमा रहेका वाष्पीय कणहरूका कारण पनि भाइरस सर्न सक्छ।

हालसम्मको अध्ययनबाट प्लास्टिक तथा काँचका सतहमा यस्ता वाष्पीय कण ७२ घन्टासम्म सक्रिय अवस्थामा रहन सक्ने पाइएको छ। तर, त्यसमा रहेको भाइरल लोडलाई जति कम गराउन सकिन्छ उति नै कोभिड–१९ संक्रमणको सम्भावना कम हुने बताइएको छ।

संक्रमणबाट बच्न सबैभन्दा बढी फेस मास्कको प्रयोग भइरहेको छ। अमेरिकामा तीन प्रकारका मास्क जस्तै १. घरमै बनाइएको मास्क, २. सर्जिकल मास्क र ३. एन ९५ मास्क प्रयोग भइरहेका छन्। मास्कले संक्रमितका छिटा एकअर्कामा फैलनबाट रोक्न सक्छ। अध्ययन अनुसन्धानबाट घरमै बनाइएका मास्कभन्दा सर्जिकल मास्क दुईदेखि तीन गुणा बढी प्रभावकारी छन्। यसैगरी, एन ९५ र एफएफपी–२ (युरोपको अमेरिकी एन ९५ सरहका मास्क) भने घरमै निर्मित मास्कभन्दा करिब ५० र सर्जिकल मास्कभन्दा २५ गुणा प्रभावकारी मानिन्छन्।

तर, कुनै पनि मास्कले संक्रमणबाट जोगाउने पूर्ण ग्यारेन्टी भने नदिने भएकाले सामाजिक दूरी अपनाउनु नै सर्वश्रेष्ठ उपायको रूपमा वैज्ञानिकहरूले सिफारिस गरेका छन्। एक मिटरको दूरीमा रहेको कुनै पनि संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा पनि मास्कपिच्छे सुरक्षाको प्रकृति फरक हुने गरेको पाइएको छ। मास्क नलगाउनेका तुलनामा सर्जिकल मास्क लगाउनेले २० देखि ३० प्रतिशतसम्म भाइरल लोड ग्रहण गर्न सक्ने देखिन्छ। तर, यदि एन–९५ मास्क लगाउने हो भने यो खतराको सम्भावना ५ प्रतिशतमा झर्दो रहेछ।

मास्कले शरीरमा अक्सिजनको मात्रा कम लिने र कार्बनडाइअक्साइड रोक्ने भन्ने भनाइ सही होइन। अक्सिजन शून्य दशमलव १ सय २० एनएम ग्रहण गर्ने र कार्बनडाइअक्साइड शून्य दशमलव २ सय ३२ एनएम छोड्ने गर्दछ। एन ९५ मास्कका प्वाल करिब १०० देखि ३०० एनएम आकारका हुन्छन्।

यसको अर्थ एउटा प्वाल नै १ हजार ५ सयभन्दा बढी अक्सिजनका अणु प्रवेश गर्न र ८ सय ५० अणुभन्दा बढी कार्बनडाइअक्साइड बाहिर जान काफी छ। कोरोना भाइरसको अणु करिब शून्य दशमलव १ सय २० एनएमको हुन्छ। अक्सिजनको तुलनामा यो हजार गुणा ठूलो हुन्छ। हजार देखि १० हजार एनएम आकारका मास्क भाइरसयुक्त वाष्प कण छेक्न प्रभावकारी हुन्छन्।

ग्यालेन रपले सन् २०११ मा यूएसए ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा १० हजार मिटर दौड एलर्जीका कारण मास्क लगाएर जितेका थिए। रपले सो दूरी २८ मिनेट ३८ दशमलव १७ सेकेन्डमा पूरा गरेका थिए। तर, सामाजिक तथा शारीरिक दूरी कायम गर्ने हो भने मास्क लगाउनु जरुरी छैन। हाच्छिउँ गर्दा भाइरसयुक्त वाष्प कण तेर्सो ६ मिटर परसम्म पुग्न सक्छ।

अन्य केही अध्ययनले यो दूरी ७ देखि ८ मिटरसम्म हुने बताएको छ । भाइरसको लक्षण विकास नभइसकेका व्यक्तिबाट सर्ने संक्रमणलाई मात्र मास्कले रोक्न मद्दत पु¥याउँछ। मानव शरीर जीवनकालभरि दसौं हजार एन्टिजेन्स नामक कणहरूको संसर्गमा आउँछ। मास्कले नयाँ एन्टिजेन्सलाई सही ढंगले चिन्न थाल्छ। मास्कले शतप्रतिशत एन्टिजेन्सलाई फिल्टर गरे पनि मानिसको प्रतिरोधात्मक क्षमतामा कमी आउँदैन, किनभने खाद्य र पेय पदार्थमार्फत ब्याक्टेरिया र भाइरस शरीरभित्र प्रवेश गरिरहेकै हुन्छन्।

प्रतिक्रिया दिनुहोस्