जाजरकोटका विपन्न बर्गलाई दोस्रो चरणको राहत वितरण शुरु



बासुदेव शर्मा,जाजरकोट ।

जाजरकोटका विपन्न बर्गका नागरिकलाई दोस्रो चरणको राहत वितरण शुरु भएको छ । महामारी र प्रकोपले थला परेका कर्णालीका समुदायका लागी भोक विरुद्ध सहायता अभियान अन्तर्गत दोस्रो चरणको राहत वितरण शुरु गरिएको छ ।सकारात्मक सोच तथा जिवन रुपान्तरणका विश्व प्रशिक्षक नर बहादुर कार्कीको पहलमा दाताहरुको सहयोगमा संकलन गरेको खाद्यय सामाग्री वितरण जाजरकोटका सात वटै पालिकाका महामारी तथा प्रकोप प्रभावित चुलो वाल्न नसक्ने विपन्न बर्ग घरपरिवारहरुलाई खाद्यन्न वितरण गर्न लागेको हो ।

भेरी नगरपालिका १ देखी १३ वटै वडामा वितरण गरिने खाद्यन्न चामल, दाल मंगलवार भेरी नगरपालिका ४ मा शुरु गरिएको छ । जाजरकोट विपद सरोकार समितिले छनौट गरेका विपन्न परिवारलाई वडा अध्यक्ष खम्वजंग शाह र लायन्स क्लव इन्टरनेशनल जोन चियर पर्सन शारदा शेर्पाले खाद्यन्न सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

विपन्न बर्गको छनौटमा परेका प्रति परिवार २५ किलो चामल र ५ किलो दाल प्रदान गरिएको थियो । भेरी नगरपालिकाका अन्य वडा र अन्य पालिकाहरुमा खाद्यय सहयोग गर्दै जाने विपद सरोकार समितिका जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहले वताउनु भयो । भाद्र महिनाबाट शुरु गरेको अभियान अन्तर्गत पहिलो चरणमा जाजरकोटको शिवालय गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका १ सय चुलो वाल्न नसक्ने प्रकोपले थला परेको विपन्न समुदायका परिवारलाई खाद्यन्न वितरण गरिएको थियो ।

पहिलो चरणमा शिवालय गाउँपालिकामा ३० छेडागाड नगरपालिका ४० जुनीचाँदे गाउँपालिकाका ३० बिपन्न परिवारलाई खाद्यन्न हस्तारन्तरण गरिएको थियो । भोक विरुद्ध सहायता अभियानका लागी डिस होम प्रालि लाईन्स क्लव, हेम एण्ड माया फाउन्डेसन, आठराई प्रकाशन, भुपु गोर्खा सत्याग्रह समिति, सर्मपन सेवा संस्था, संगम पब्लिकेशन वि सर्भ, रिड मोर पब्लिकेशन लगाएतका संघ संस्था लगाएत हुने खाने वर्गका व्यक्तिहरुले सहयोग गरेको जिवन रुपान्तरणका अभियान्ता नर बहादुर कार्कीले वताउनु भयो ।

महामारी लागएत दैवि प्रकोपले थला परेका कर्णालीका विपन्न समुदायका परिवारका लागी भोक विरुद्धको अभियानमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिदै उक्त अभियानमा अझै सहयोगको आवश्यक भएकोले दाताहरलाई अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्